img2
सुन्दर साल्पा पोखरी

साल्पा पोखरी परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पा पोखरी समुद्र सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा छ । यो चार जिल्लाको संगम स्थल भएपनि भोजपुर जिल्लाको दोभाने गाबिसमा पर्दछ । 

पहिलोपटक सगरमाथा चढ्न जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पा पोखरी कै मार्ग प्रयोग गरेका थिए । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न पर्यटकहरूले साल्पा पोखरी नजिक शिलिचुङ डाँडाको चुचुरो चढ्ने गरेका छन् । 

शिलिचुङबाट सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्ण, मेरापिक लगायत हिमशृंखला र तराईको फाँटमा लमतन्न परेका नदी, वनजंगल र बस्ती मज्जाले देख्न सकिन्छ ।

तस्बिर सौजन्य: FB (Bhojpur Fun)

Give Us Feedback