img2
जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र झापा जिल्लाको कन्काई नगरपालिकाको डाँडागाउँमा अवस्थित छ । स्थानीय जामुनखाडी सामुदायिक वनभित्रको केही भू–भागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रूपमा विकास गर्न शुरु गरिएको हो । 

ऐतिहासिक पृष्ठभूमि बोकेको गङ्गा र जमुना पोखरी रहेको सो क्षेत्रमा संरक्षण अभावका कारण हाल गङ्गा पोखरी अस्तित्वमा छैन भने जमुनाको संरक्षण र विकासका लागि विशेष पहल गरिएको छ । ४ विगाह क्षेत्रको बिचमा रहेको लाम्चो आकारको पोखरी पर्यटकको प्रमुख आकर्षणको विन्दु हो । 

आर्थिक आम्दानीलाई समेत मध्यनजर राख्दै पोखरीमा व्यवसायिक रूपमा डुङ्गा सञ्चालन गर्ने गरिएको र पोखरीमा माछापालन समेत गरिएको छ । विश्वमै दुर्लभ मानिएका अजिङ्गरहरू यहाँको आकर्षण हुन् ।

तस्बिर सैजन्य: देवराज पौडेल

Give Us Feedback