img2
पाकिस्तानले १० अर्ब रुखबाट प्रदूषित शहरहरुमा ताजा हावा ल्याउने

पाकिस्तानले धुलो धुँवा कम गर्न १० अर्ब रुख रोप्ने अभियानलाई निरन्तरता दिइरहेका बेला देशका प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनको प्रतिवेदनमा आफ्ना नागरिकहरुलाई गम्भीर चेतावनीलाई ध्यान दिन आग्रह गरेका छन् ।

सन् २०१८ मा रुख रोप्ने अभियान शुरू भएयता देशमा १ अर्ब बढी रुख छन् र मनसुनको मौसममा अरु ५० करोड बिरुवा रोप्दैछन् । अधिकारीहरुका अनुसार रोपेको रुख मियावाकी प्रविधिको कारण सामान्य भन्दा १० गुणा छिटो बढ्ने अपेक्षा गरिएको छ ।

आफ्ना बच्चाहरु र उनीहरुको भविष्यको बारेमा चिन्तित हुनुहुन्छ भने तपाइँ कम्तीमा एक रुख रोप्नु र यसको हेरचाह गर्नु प्रधानमन्त्री खानले बताएका छन् । 

सौजन्य: Reuters

Give Us Feedback