img2
सुन्दर गोक्यो ताल

गोक्यो ताल नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००-५,००० मिटर उचाइमा रहेको छ । 

यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने ताजा पानीको तालहरु मध्ये पर्दछन् । सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको छ ।

यस ताललाई हिन्दू तथा बौद्ध दुवैले शुद्ध तथा पवित्र मानेको छ । १००० भन्दा बढी हिन्दू धर्मावालाम्बीहरूले प्रत्येक वर्ष अगस्त महिनामा हुने जनैपूर्णिमाको दिन यहाँ स्नान गर्दछन् । औषतरूपमा हेर्दा प्रत्येक वर्ष यहाँ ७००० पर्यटक घुम्न आउने गर्दछन् । यो तालको दक्षिणपट्टि हिन्दू देवता शिव तथा विष्णुको मन्दिर रहेको छ जहाँ हजारौ श्रद्धालु आउने गर्छन् । यो ठाउँ विशेष नाग देवताको लागि प्रसिद्ध रहेको छ ।

तस्बिर सौजन्य: Sergey Mankevich

Give Us Feedback