img2
इलामको पर्यटकीय स्थल: अन्तुडाँडा

अन्तुडाँडा इलामको पर्यटकीय स्थल हो । अन्तुडाँडा समुद्र सतहबाट करिब २,३२८ मिटरको उचाइमा रहेको छ । यस स्थानमा खान र बस्न सामान्य होटलहरू रहनुको साथै घरदैलो कार्यक्रम अन्तर्गत होम स्टेको समेत व्यवस्था रहेको छ । 

अन्तुडाँडा सूर्योदय र सर्यास्तको दृश्यावलोकनको लागि प्रसिद्ध छ । यस बाहेक कञ्चनजङ्घा लगायतका हिमालको दृश्यावलोकन, अन्तु पोखरीको सुन्दरता, भारतको सिलिगुडी, खर्साङ, मिरिक र तराईका फाँटहरूको दृश्यावलोकन गर्न सकिन्छ । 

सौहाद्ध, आत्मीय र सहयोगी यहाँका बासिन्दाहरू र उनीहरूको परम्परा र संस्कृति, ग्रामीण खानपान र आफ्नै मौलिक जीवनशैलीको प्रत्यक्ष अनुभव गर्न सकिने पेइङ गेस्ट सुविधा अन्तु पर्यटकीय क्षेत्रको आकर्षण हो ।

तस्बिर सौजन्य: Hari gurung77

Give Us Feedback