img2
विन्ध्यवासिनी मन्दिर

विन्ध्यवासिनी मन्दिर पोखरा शहरमा रहेको सबैभन्दा पुरानो मन्दिर हो । यो हिन्दू मन्दिर पोखराको वडा नं २, मिरुवामा अवस्थित छ । 

यस मन्दिरले नियमित रूपमा ठूलो सङ्ख्यामा स्थानीयवासी, देशभरका नेपाली र विदेशीहरूलाई समेत आकर्षित गर्दै आएको छ । यस मन्दिरका मूल देवी विन्ध्यवासिनी हुन् । विन्ध्यवासिनीलाई भगवती कालीको अवतार हुन् । 

मन्दिर परिसरमा देवी सरस्वती, शिव, हनुमान, गणेशका साना मन्दिरहरू पनि छन् । मन्दिर एउटा सानो पहाडमा अवस्थित छ । मन्दिरसम्म पुग्नको लागि ढुङ्गाको सुन्दर सिढी बनाइएको छ ।

तस्बिर सौजन्य: Ganesh Paudel

Give Us Feedback