img2
४०  माईक्रोन भन्दा कमका प्लास्टिकका झोला प्रयोग गर्नेमाथि कडा कारवाही 

वातावरणका विभिन्न तत्वमा नकारात्मक असर परेको निष्कर्ष निकाल्दै सरकार चालु आर्थिक वर्ष २०७८ ७९ को साउन १ देखि ४० माईक्रोन भन्दा पातलो झोला प्रयोगमा कडाई गरेको छ । वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण विभागले २०७८ जेठ १६ गते सार्वजनिक सूचना जारी गर्दै ४० माईक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, विक्रि वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने जनाएको छ । 

वातावरणमैत्री कदमका रुपमा थूप्रै संघ संस्था, अभियन्ता तथा सरोकारवालाले सरकारको यस कदमलाई सकारात्मक रुपमा लिएपनि कार्यान्वयनको पक्षमा दुविधा मानेका छन् । विभिन्न समयमा २० माईक्रोन त कहिले ४० माईक्रोन भन्दा पातलो झोला प्रतिवब्ध गर्ने सरकारको निर्णयले व्यवहारतह सफलता प्राप्त गर्न सकेको थिएन । 

यस पटकको निर्णयपनि चर्चामुखी वा वातावरण विभागले कसरी, कुन संयन्त्र मार्फत कार्यान्वयन गर्छ, ? नागरिकको सोच र व्यवहारमा परिवर्तन आउला र ४० माईक्रोन भन्दा पातला झोला बोकेर हिड्नेलाई के कारवाही हुन्छ भन्ने ईकोसमाचारको प्रश्नमा विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाको जवाफ यस्तो रहेको छ । 
 

Give Us Feedback