img2
दैलेखमा सरसफाई कार्यक्रम सम्पन्न

दैलेखमा सरसफाई कार्यक्रम सम्पन्न भएको पूर्व मन्त्री कुन्ती कुमारी शाहीले सो अभियानको एक कार्यक्रमका बिच सडकको फोहोर उठाएर अभियानको शुभारम्भ गर्नुभयो कार्यक्रममा दैलेख नगरपालिका उपप्रमुख साबित्री मल्ल, दैलेखी सेवा समाजका उपाध्यक्ष मिना थापा, एभरेस्ट क्लब दैलेखका अध्यक्ष दिपक शाही, बागमती सफाइ अभियानका अभियन्ता चक्र बहादुर चन्द लगाएत स्थानिय नागरिकको सहभागिता रहेको थियो

बागमती सफाइ महाअभियानको प्रेरणाबाट दैलेख सफाइ अभियान शुरु भएको थियो कार्यक्रमका प्रमुख अतिथीको अनुसार अब नागरिकमा सचेतना आउन जरुरी रहेको हरेक व्यक्तिले सबैभन्दा पहिला सफाइमा ध्यान दिन आवश्यक रहेको अब दैलेखलाई सफा सुन्दर बनाउने जिम्मेवारी हामी सबैको रहेको बताउनुभयो

दैलेख सफाइ अभियान स्थानिय गणेश स्थानबाट शुभारम्भ भै सफाइ अभियान सहित् जनचेतनामुलक अभियान गर्दै स्थानिय देवकोटा चोकमा पुगेर समापन गरिएको थियो कार्यक्रम दुई घण्टासम्म संचालन भएको थियो अभियन्ताहरुले आफ्नो पसल अगाडि अनिवार्य ड्स्टबीन राख्न आफ्नो आगन आँफै सफा राख्न अपिल समेत गर्नुभएको थिए

स्थानिय नागरिकले यो अभियान शुरु भएसँगै दैलेख बजारमा फोहोरको मात्रा बढीरहेको अवस्थामा यस किसिमको अभियानले सबैलाई जनचेतना जगाउने सम्बन्धित निकाएलाई पनि फोहोर व्यवस्थापन सम्बन्धी जिम्मेवारी बोध हुने विश्वास लिएको बताए स्थानिय यस किसिमका अभियान निरन्तर संचालन हुनुपर्ने भन्दै आफुहरु पनि यो अभियानमा साथदिने बताए छन्

 

Give Us Feedback