img2
दिगो पर्यटनको लागि माउन्टेन बाइकिंग विषयमा वेबिनार कार्यक्रमको आयोजन

Centre for Integrated Urban Development (CIUD) ले "Mountain Biking for Sustainable Destination: Technical Assessment Report and Recommendation" को विषयमा एक वेबिनार कार्यक्रमको आयोजन गरेको छ । द्रोण कोइरालाले स्वागत गर्दै कार्यक्रमको उद्देश्य र बुङ्ममतीमा साईकल लेन निर्माण भईरहेका प्रयास बारे जानकारी दिनुभयो ।

कार्यक्रमको सुरुवातमा सोशल टूर्सका संस्थापक निर्देशक राज ज्ञवालीले बुंगामती ट्रेल्सको विषयलाई लिएर यसको प्राविधिक मूल्यांकन र रणनीतिक सिफारिशमा प्रस्तुतीकरण दिनुभयो । उहाँले साइकलको विषयलाई लिएर विश्व र नेपालमा के भईरहेको भनेर बताउनुभयो । उहाँको अनुसार साइकल चलाउने एक नयाँ प्रवृत्ति भएको र छिटो बढ्दै गएको छ । 

कार्यक्रमको प्यानलिस्टको रुपमा दीगो विकास संस्थानका कार्यक्रम निर्देशक शैल श्रेष्ठ, नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठ र साइकल अभियन्ता सृष्टिना श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । साथै ललितपुर महानगरका संस्कृति तथा पर्यटन विभागको उपसचिव सहजीत राई, वातावरणविद् भूषण तुलाधर र नेपाल साइकल सोसाइटीका उपाध्यक्ष सोमराज राणा पनि कार्यक्रममा प्यानलिस्टको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

प्यानलिस्टहरुले कार्यक्रममा आफ्ना बिचार र धारणा राखेका थिए । उहाँहरुका अनुसार नेपालमा साइकल ट्रेल निर्माण गरे यसले पर्यटनमा धेरै सहयोग पुर्याउछ । यसले स्थानीय जनतालाई पर्यटन व्यवसायमा संलग्न गराउनेछ । साइकल ट्रेलको निर्माण दिगो पर्यटनको लागी एक राम्रो बाटो बन्ने देखिन्छ ।

साइकल दुई शताब्दीदेखि प्रयोगमा रहेको छ र यो एक सरल, सस्तो, भरपर्दो, सफा र पर्यावरणको लागी दिगो साधन हो । शहरमा साइकल यात्राको संस्कृति विकासको दृष्टिकोणबाट महत्वपूर्ण मानिन्छ । साइकल चलाउने अभियानकर्मीहरुका अनुसार यसले प्रदूषण घटाउने र शहरवासीहरुलाई शारीरिक व्यायाम प्रदान गर्नेछ ।

 

Give Us Feedback