img2
कोइलाबाट संचालित बिजुली संयन्त्रहरुबाट वायु प्रदूषणले युरोपेली संघमा हजारौंको मृत्यु

युरोपेली संघको दक्षिण पूर्वी सिमानामा कोइलाबाट संचालित बिजुली केन्द्रहरुबाट उत्पादित प्रदूषित हानिकारक उत्सर्जनमा कानूनी रूपबाट बाध्यकारी सीमाको उल्लंघनको कारण यस क्षेत्रमा हजारौं मृत्यु भएको अनुमान छ ।

सर्बिया, कोसोभो, बोस्निया र हर्जेगोविना, उत्तरी म्यासेडोनिया र मोन्टेनेग्रोमा संचालित १८ कोइला प्लान्टहरु विगत तीन बर्षहरुमा १९,००० को मृत्युको लागी जिम्मेवार रहेको सीईई बैंकवाच नेटवर्क र ऊर्जा र स्वच्छ हावामा अनुसन्धान केन्द्रको एक रिपोर्टमा भनिएको छ । ती मृत्युहरु मध्ये आधा भन्दा बढी ईयू भित्र हुने अनुमान गरिएको छ ।

गत वर्ष युरोपेली युनियनका २२१ कोइला स्टेशनहरु भन्दा बिद्युत स्टेशनहरुले २.५ गुणा हानिकारक सल्फर डाइअक्साइड उत्सर्जन उत्पादन गरेको रिपोर्टमा भनिएको छ ।

सौजन्य: Aljazeera

Give Us Feedback