img2
च्छोरोल्पा हिमताल

च्छोरोल्पा हिमताल दोलखा जिल्लाको गौरीशंकर गाउँ विकास समिति वडा नं. १ रोलवालिङ उपत्यकामा रहेको छ । यो नेपालकै सबैभन्दा ठूलो हिमताल हो । 

समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ । सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म फैलिएको छ । 

१३५ मिटर गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ । करिब डेढ किलोमिटर चौडाइ भएको यो तालबाट अहिले तीनेदेखि चार घनमिटर पानी बाहिर बगिरहेको छ । तामाकोशी नदी वरपर बसोबास गर्ने धेरै गाउँलेहरुको जीवन र पशुधनलाई खतरामा पार्ने तालले यसको अस्थिर बाँध फुट्ने खतरा छ ।

तस्बिर सौजन्य: Kapilkhatri19

Give Us Feedback