img2
सुर्मासरोवर ताल

सुर्मासरोवर बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट तीन दिनको दूरीमा रहेको एउटा सानो ताल हो । यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ । 

बझाङवासीहरू साउन महिनाको एकादशीदेखि त्रयोदशीसम्म त्यही ओडारमा बसेर स्नान गर्छन् । सरोवरको पूर्वपट्टिको डाँडाबाट एक किलोमिटर तल १०० भन्दा बढी मानिस खान–सुत्न मिल्ने विशाल विरु ओडार छ । 

दार्चुलातिरबाट आउने तीर्थालुहरू यही ओडारमा बास बस्छन् । साउनमा यस सरोवरमा स्नान गर्न आउने शर्द्धालुहरूको यात्रालाई सुर्मा सरोवर जात्रा भनिन्छ ।

सौजन्य: Sudip Raj Malla

Give Us Feedback