img2
महिला समूहलाई इन्डक्सन कुकस्टोभ मर्मत तालिम प्रदान

पछिल्लो समय ऊर्जा खपतका निम्ति विद्युतिय चूलोको प्रयोग बढेको छ । नागरिकले बैबल्पिक ऊर्जाका रुपमा विद्युतिय चुलेको प्रयोगमा ल्याएसगौ यसको प्राविधिक विषयमा जानकारी दिन तथा मर्मत संभारको तालिम सम्पन्न भएको छ ।

उर्जा र वातावरणका लागि महिला सञ्जालले संचालन गरेको सात दिने तालिममा विभिन्न क्षेत्रको महिलाका सहभागिता रहेको थियो । ई-कुकिंग प्रविधिमा ज्ञान र सीपको मार्फत महिलाको आर्थिक सशक्तिकरण सहयोग गर्न तालिम संचालन गरिएको हो ।  संजालको अध्यक्ष कला तिमल्सिनाले तालिमले मिहिला समूहका सदस्यलाई विद्युतको शैद्धान्तिक पक्षका बारेमा जानकारी गराईएको बताउनुभयो । उहाँले तालिमले आत्मबल बढ्नुका साथै नयाँ अवसरको आधार निर्मांणमा सहयोग पुगेको जानकारी दिनुभयो ।

कार्यक्रममा महिलाहरुलाई इन्डक्सन कुकस्टोभ मर्मत, लाईन जडान तथा विद्युतीकरणको आधारभुत पक्षबारे छलफल गरिएको थियो । विद्युतिय सामुदायिक समूहहरुको सहकार्यमा काभ्रे, ललितपुर, नवलपरासी, स्याङ्गजा र दोलाखाको महिलाको सक्रिय सहभागिता रहेको थियो । तालिमको सहभागी काभ्रेको लाली माया तामाङ्गका प्राविधिक विषयबारे ज्ञान दिएकोमा आयोजक संस्थालाई धन्यवाद दिनुभयो । उहाँले धेरै ग्रामिण परिवेशमा महिला वर्गले लिने तालिम सिलाई, कुशन तथा खेलौना, कृषिमा सिमित हुनुभन्दा नयाँ प्रकृतिका प्राविधिक पक्षबारे जानकारी दिने तालिमले आत्मबल र क्षमता बढाउने सक्षम रहेको बताउनुभयो ।

सात दिने तालिमपश्चात अब अर्को स्तरको तालिम प्राप्त भएका सहकारी तथा समूहका सदस्यलाई तालिम दिन सक्षम रहने बताउनुभयो । अहिलेको तालिम फलदायी रहेकाृ जानकारी दिनुभयो । इन्डक्सन कुकस्टोभ मर्मत सम्बन्धि ज्ञान बटुलेर अब आफै मर्मत गर्न सक्षम हुने विश्वास लिएको सहभागीहरुले बताएका छन् ।

Give Us Feedback