img2
कीर्तिपुरबाट साईकल शेयरिङ्गको शुरूवात

नयाँ वर्ष २०७९ सालदेखि कीर्तिपुरबाट राजधानीका अन्य क्षेत्रमा जाने वा राजधानीबाट कीर्तिपुर आउने मानिसलाई लक्षित गरि सस्तोमा साइकल उपलब्ध गराउने तयारी भएको छ ।

कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का र वडा अध्यक्ष न्हुछेबहादुर महर्जन र अमन महर्जनसहित सुरु भएको यस अभियानलाई वातावरण तथा मानव स्वास्थको दृष्टिले सकारात्मक रुपमा लिइएको छ ।

यस अभियानपश्चात् जो कोहीले पनि चाहेको ठाउँबाट साइकल लिएर आफ्नो गन्तव्यसम्म चलाउने र काम सकिएपछि पायक पर्ने स्टेसनमा छोडेर जान सक्ने अवसर दिन्छ । कम्प्युटर सफ्टवेयरबाट सञ्चालन हुने साइकल सेयरिङ नेटवर्कले ‘जहाँबाट पनि साइकल लिन सकिने र जहाँ पनि छोडन सकिने’ सुविधा दिने भनाई तिरेकको छ ।

नेपाली बजारमा पेट्रोलको बढदो मुल्य, प्रदूषणको कारक र शारीरिक अभ्यास हुने भन्दै साइकल सवारीको प्रशंसा प्रायः सबैले गर्छन् तर ति मध्ये धेरैले साइकल चढदैनन् । त्यसको एउटा कारण साइकललाई कहाँ राख्ने भन्ने समस्या पनि हो । यि स्टेसनबाट साइकल भाडामा लिन र सेयरिङ दुवै गर्न सकिनेछ । भाडामा लिँदा आफूले प्रयोग गरेको समय अनुसार रकम दिनुपर्छ र त्यो साइकललाई स्टेसन नभएका स्थान जहाँ पनि लैजान सकिन्छ र फेरि लगेकै स्थानमा ल्याएर छोडिदिनुपर्छ ।

तर सेयरिङमा साइकल लिँदा भने कार्यालय, घर वा आफूले तय गरेका छोटा गन्तव्य सम्म साइकल लैजाने, पुगेपछि सो गन्तव्यमा रहेको स्टेसनमा छोडेपछि त्यहाँसम्म सम्मको मात्र शुल्क दिए पुग्छ । आफूले छोडे पछि त्यो साइकल अरु कसैले प्रयोग गर्छ र आफूलाई फेरि चाहियो भने सोही स्टेसन वा अरु कुनै स्टेसनमा गएर अर्को साइकल लिन सकिन्छ ।

यसो गर्दा प्रयोगकर्ताले आफूले चाहेको प्रकारको साइकल पाउने पनि दिरेक बताउनुहुन्छ । धेरै उकालो भएको स्थानमा जाने प्रयोगकर्ताले विद्युत्तीय साइकल पनि प्रयोग गर्न सक्छन् ।

साइकल सेयरिङ लाई अबको छ महिनासम्म परीक्षणको रुपमा लागू गर्ने र त्यसबाट प्राप्त अनुभव र तथ्यको आधारमा सफ्टवेयर मार्पत पुर्णरुपमा लागू गर्ने जानकारी पनि तयारी आयोजकले दिनुभयो ।

साइकल सेरियङका लागि प्रति पाँच किलोमिटर एक स्टेसन चाहिन्छ । विदेशमा जस्तो जुनसुकै स्थानमा छोडे पनि हुने अवस्था नभएकोले स्थानीय निकाय, होटल रेष्टुराँ आदिमा स्टेसन कायम गरी सेवा सञ्चालन गरिने बताइएको छ ।

 

Give Us Feedback