img2
सफाई दूतहरु

अबका सफाई दूतहरु यीनै बालबालिकाहरु हुन् । हामीले बिगारेको यो धर्ति अबका पुस्ताले सम्हाल्ने छन् । यीनै बिश्वास र भरोसा बोक्दै गोकर्णेश्वर नगर क्षेत्रका ५० बिद्यालयहरुमा "मेरो फोहोर: मेरो जिम्मेवारी" बिषयक अभियान संचालन हुँदैछ ।

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा वाग्मती बचाउ अभियान अन्तर्गत हरेक घरलाई जिरोवेस्टमा अनुबाद गरौं भन्ने आग्रहका साथ संचालन भैरहेको बिद्यार्थी केन्द्रित चेतनामुलक कार्यक्रम अन्तर्गत दुईहप्ता अगाडि जया मल्टिपल कलेजबाट प्रारम्भ भएको अभियानका क्रममा जेठ ११ गते गोकर्णेश्वर ४ माकलबारीमा अवस्थित गोकर्णेश्वर लाईट एकेडेमी बिद्यालय तथा बाल संसार मा.बि. का १५० भन्दा ज्यादा बिद्याथीहरुमाझ फोहोरमैला ब्यवस्थापन र घर घरलाई जिरोवेस्ट बनाउने सन्दर्भमा अन्तरकृया सम्पन्न भएको छ ।

फोहोर भनेको जान्नेका लागि श्रीखण्ड नजान्नेलाई खुर्पाको बींड हो भन्ने सन्दर्भलाई अघि सार्दै कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरलाई घरभित्रै ब्यवस्थित गर्ने प्रबिधिका बारेमा छलफल गरिएको थियो । हरेक सचेत बिद्यार्थीहरु घर घरमा सफाई दूतका रुपमा उपस्थित हुनुपर्ने र हाम्रो स्वाभिमान, आत्मसम्मान लगायत सभ्यता, संस्कृती, स्वास्थ्य, कानून र नैतिकतासंग प्रत्यक्ष सरोकार राख्ने फोहोर ब्यवस्थापनका लागि अबिभावकत्व निर्वाह गर्न आग्रह गरिएको थियो ।

यस महिनाभित्र गोकर्णेश्वरका झण्डै ५० बिद्यालयका ७००० भन्दा ज्यादा बिद्यार्थीमाझ पुग्ने लक्ष्य सहित यो अभियान संचालन भैरहेको छ । अबको अभियान चेतना बिस्तारमा केन्द्रित हुनुपर्छ, ब्यक्ति ब्यक्तिलाई चेतनशिल बनाउनु पर्छ, शिक्षामा गरिएको लगानी खेर जाँदैन भन्ने मान्यतालाई अंगिकार गरिनुपर्छ । परिवर्तन सम्भव छ, नयाँपुस्ता परिवर्तनका बाहक बन्ने छन् ।  कार्यक्रमको अन्त्यमा "मेरो फोहोर: मेरो जिम्मेवारी" प्रति बिद्यार्थीहरुले देखाएको सद्भावले हामीमा उत्साह भरेको छ ।

Give Us Feedback