img2
कृषकलाई डाले घासको बिरुवा वितरण गरियो

पुतलीबजार नगरपालिका स्याङ्जामा रहेका २९३ जना सीमान्तकृत र विपन्न महिला घरपरिवारहरूको लागि युएनडिपी र पुतलीबजार नगरपालिकाको साझेदारी एवं आस्क नेपालको सहजीकरणमा सञ्चालन भैरहेको अस्थाई आधारभुत आय - टिबिआई प्रयास परियोजना अन्तरगत बाख्रापालन कार्यमा सहभागि भएका मध्ये ७२ जना कृषकलाई डाले घाँसका बिरुवा वितरण गरिएको छ ।

कृषकहरुलाई यस अघिनै बित्तीय तथा उद्यमशिलता साक्षरता, घरभेट र परामर्श, बाख्रा पालन सम्बन्धि प्राबिधिक तालिम, औजार सामाग्री सहयोग साथै छनौटमा परेका २०० जनालाई आधारभूत आय पनि प्रदान गरेको थियो ।

 

Give Us Feedback