img2
"कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा वरदान" भन्ने नाराका साथ  कोदो दिवस मनाइने

यस पालिको कोदो दिवस "कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा वरदान" भन्ने नाराका साथ मनाइने भएको छ ।

साउन १५ मा कोदो दिवस मनाउने र औषधीय गुण भएको तर हेलामा परेको अन्न कोदोको महत्त्व सबैमा महशुसीकरण गराउने यस दिवसको उद्देश्य हो ।

भिमफेदी–५, छवेली, मकवानपुरमा छवेली कृषक समूह भिमफेदी-५, मकवानपुर, एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् र राष्ट्रिय कृषक समूह महासंघ नेपालको समग्र सहभागितामा यस कार्यक्रम आयोजना हुने लागेको छ । 

Give Us Feedback