img2
अष्ट्रेलियामा बाढी: सिड्नीमा बाढी आएपछि ५० हजार मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा यस वर्ष तेस्रो पटक बाढी आएपछि करिब ५०,००० मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ ।

सिड्नीका केही भागमा चार दिनमा करिब आठ महिनाको वर्षा भएको छ । सडकहरू अवरुद्ध भएका छन् र केही घरहरू पानीमुनि छन् । 

अष्ट्रेलियामा व्यापक बाढीद्धारा यो वर्ष २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । हालको आपतकालिन अवस्थाका लागि ग्रेटर सिड्नीभरि १०० भन्दा बढी खाली गर्ने आदेश जारी गरिएको छ ।

सौजन्य: बीबीसी

Give Us Feedback