img2
उत्तरी इटालीमा खडेरी संकटकाल घोषणा

इटालीले ७० वर्षयताकै सबैभन्दा खराब खडेरीका बीच पो नदी वरपरका पाँच उत्तरी क्षेत्रमा आपतकाल घोषणा गरेको छ ।

यी पाँच क्षेत्रहरूलाई पानीको अभावलाई सम्बोधन गर्न आपतकालीन कोषमा ३८० लाख अमेरिकी डलर दिइनेछ । खडेरीले इटालीको ३०% भन्दा बढी कृषि उत्पादनलाई खतरामा पारेको कृषि संघले बताएका छन् ।

असामान्य रूपमा तातो मौसम र जाडो र वसन्त भरमा कम वर्षाले उत्तरी इटालीमा पानीको अभाव बढाएको छ ।

सौजन्य: बीबीसी

Give Us Feedback