img2
दिगो फोहोर व्यवस्थापनको विषयमा कार्यक्रम

भोलि दिउँसो १२:३० देखि ३:३० सम्म अनलाइन मार्फत जुमबाट "Waste segregation at Source and Potential of the Informal Sector for Sustainable Waste Management" विषयमा कार्यक्रम हुन लागेको छ । 

कार्यक्रमको मध्यस्थको रुपमा एफएच१३६० को पार्टी प्रमुख भूषण तुलाधर रहेका छन् र साथै कार्यक्रममा ७ जाना प्यानलिस्ट रहेका छन् ।

काठमाडौं महानगरपालिका–१२ को वडा अध्यक्ष, बालकृष्ण महर्जन, ब्लू वेस्ट टु भ्यालुको सह-संस्थापक र सीईओ नविन विकास महर्जन, र ग्रीन पाथ नेपालका निर्देशक प्रदीप अमात्य रहेका छन् । 

साथै कार्यक्रमको बाँकी प्यानलिस्टमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषिराज आचार्य, मिस नेपाल पृथ्वी २०२२ डा. सरिशा श्रेष्ठ, काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राई र संयुक्त सफाई जागरणका अध्यक्ष शान्ति तामाङ रहेका छन् । 

 

 

 

 

Give Us Feedback