
लोकप्रिय विश्व शान्ति स्तूप
पोखरामा रहेको विश्व शान्ति स्तूपको अवलोकन गर्न आउने विदेशी तथा आन्तरिक पर्यटकका गन्तव्यको पहिलो रोजाई बनेको छ ।
गौतम बुद्धको अस्थी धातु राखेर जापानी शैलीमा निर्मित शान्ति स्तूपमा पुगेपछि साच्चिकै शान्तिको अनुभूति हुने पर्यटकहरुले आफ्नो अनुभवमा भन्छन् ।
१ सय १५ फिट उचाई र ३ सय ४४ फिट गोलाइ रहेको यस स्तुप मनमोहक दृश्य अवलोकनका लागि प्रख्यात रहेको छ । अत्यन्तै रमणीय पर्यटकीय स्थल रहेको सो स्तुप अहिले पोखराको पर्यटन व्यवसायी र स्थानीय बौद्ध धर्मावलम्बीहरूका लागि गर्व गर्न लायक स्थल बनेको छ ।