
धार्मिक महत्त्व बोकेको माईपोखरी
माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेको एउटा धार्मिक महत्त्व बोकेको पोखरी हो । यो तारा आकृतिको छ । १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ ।
यो क्षेत्रको जैविक विविधताको दृष्टिले पनि उत्तिकै महत्त्व रहको छ । माइपोखरी गा.वि.स. ६ मा अवस्थित माइपोखरी इलाम बजारबाट १५ कि.मी. उत्तर २१३० मी. को उचाईमा रहेको छ ।
अत्यन्तै मनमोहक जंगलले घेरिएको यो स्थानमा वि. सं १९५४ मा स्वामी सोमेश्वरानन्दले निर्माण गराएको शिव मन्दिर पनि रहेको छ । माइपोखरी सिमसार जैविक विविधतामा धनी छ ।
तस्बिर सौजन्य: Pradesh Portal