
चितवन राष्ट्रिय निकुञ्ज
नेपालको सबैभन्दा पूरानो र पहिलो राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज धेरै समय अघि नै विश्व सम्पदा क्षेत्रमा सूचीकृत भएको निकुञ्ज हो ।
नेपालको दक्षिण भागमा रहेको तराई क्षेत्रमा अवस्थित चितवन राष्ट्रिय निकुञ्ज धनी प्राकृतिक क्षेत्र हो । जैविक विविधताको लागि धनी सो निकुञ्ज नेपालको सबैभन्दा लोकप्रिय पर्यटन स्थलहरू मध्ये एक हो ।
पर्यटकहरु एक सिंगे गैंडा, पाटे बाघ र हात्ती जस्ता जनावरहरु हेर्न आउछन् र रमाएर फर्किन्छन् । यो निकुञ्ज विशेष गरी एक सिंगे गैंडा, रोयल बेंगल बाघ र घारियलको संरक्षणको लागि प्रख्यात छ ।