img2
मै सफा गर्छु, मेरो पृथ्वी

मै सफा गर्छु, मेरो पृथ्वी

(पर्या कविता)

कोदाली, बेल्चा, गैती उचाल्दै
झाडु, बुमर वरपर घुमाउँदै
स्वच्छ र सफाको बसाउँछु थिती
मै सफा गर्छु मेरो पृथ्वी ।

विद्युतीय सवारी म आफैं हाक्छु
दिगो विकासको अभियान चलाउँछु
संरक्षण गर्छु धारा र हिटी
मै सफा गर्छु मेरो पृथ्वी ।

फोहरलाई मोहोर पार्छु
कार्बन उत्सर्जन शून्यमा झार्छु
 स्वच्छ ऊर्जाको गराउँछु वृद्धि
मै सफा गर्छु मेरो पृथ्वी ।

घुमफिर गर्न साइकल किन्छु
हरित नागरिकको परिचय दिन्छु
भएका सारा लगाई जुक्ति
मै सफा गर्छु मेरो पृथ्वी ।

 

Give Us Feedback