
सुन्दर मनास्लु संरक्षण क्षेत्र
मनास्लु संरक्षण क्षेत्र गोर्खा जिल्लामा पर्दछ । यो मनास्लु हिमाल वरीपरी सम्म फैलिएको छ । यस संरक्षण क्षेत्रको क्षेत्रफल १६६३ वर्ग कि.मि. रहेको छ ।
यस संरक्षण क्षेत्रमा हिँउ चितुवा, जरायो, हिमाली थार आदी जनावरहरू पाईन्छ । यस क्षेत्रमा ३३ प्रकारका स्तनधारी जीवहरू छन् । यस संरक्षण क्षेत्रमा ११० भन्दा बढी प्रजातिका चराहरू, तीन प्रकारका सरीसृपहरू र १००-२००० भन्दा बढी प्रजातिहरूको फूलहरू पाइन्छ ।
यस संरक्षण क्षेत्र आन्तरिक तथा विदेशी पर्यटकमाझ लोकप्रिय छ । त्यसैले धेरै मात्रामा पर्यटकहरु यस क्षेत्रमा घुम्नका लागि आउछन् ।
तस्बिर सौजन्य: Ben Tubby