
सुन्दर घोडाघोडी ताल
घोडाघोडी ताल कैलाली जिल्ला रहेको एक रमणीय ताल हो । यो स्थल कैलाली जिल्लाको 'पहलमानपुर' र 'सुखड'को बिचमा पर्ने जंगलमा पर्दछ । पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थीत यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ ।
यस तालको इतिहास थारू समुदायसँग गाँसिएको छ । स्थानीय किम्बदन्ती अनुसार यो ताल सातवटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिन्छ र यस तालको आकर मानिसको हात जस्तै छ । घोडाघोडी तालको छेउमा भगवान शिवको मन्दिरका कारणले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमा रहेको छ ।
यस ताल आन्तरिक तथा विदेशी पर्यटकमाझ लोकप्रिय छ । त्यसैले धेरै मात्रामा पर्यटकहरु यस ताल क्षेत्रमा घुम्नका लागि आउछन् ।