img2
जिम्बाब्वेले वन्यजन्तुको आक्रमणबाट पीडितलाई क्षतिपूर्ति दिने

जिम्बाब्वेको सरकारले जनवरी र अगस्टको बीचमा ४६ व्यक्तिको मृत्यु र धेरै घाइते भएपछि वन्यजन्तुको आक्रमणबाट पीडितहरूलाई आर्थिक क्षतिपूर्ति दिने बताएको छ ।

सरकारका अनुसार यो दक्षिणी अफ्रिकामा मृत्युको सबैभन्दा धेरै संख्या हो । मन्त्रिपरिषद्ले गम्भीर घाइते भएका वा बाली, गाईवस्तु र सम्पत्ति गुमाउनेका लागि राहत कोष खडा गर्ने स्वीकृति दिए पनि सरकारले कति क्षतिपूर्ति दिने भन्नेबारे भने खुलाएको छैन ।

सरकारले सफल वन्यजन्तु व्यवस्थापन कार्यक्रमले वन्यजन्तुको जनसंख्या बढेको बताएको छ । हात्तीको जनसंख्या १९८० मा ५०,००० बाट बढेर ८५,००० पुगेको छ ।

सौजन्य: बीबीसी

Give Us Feedback