img2
विश्व माटो दिवस मनाईदै 

नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय, कृषि विभाग, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन लगायतका सरोकार वाला निकायको सहकार्यमा नवौ माटो दिवस २०२२ मनाउन लागिएको हो । २०७९ मङ्सिर १९ तदनुसार ५ डिसेम्बर २०२२ का दिन  “स्वस्थ माटोको साथ, खाद्य उत्पादनको शुरुवात“ नाराको भावलाई सार्थक पार्न नवौं विश्व माटो दिवस मनाउन लागिएको हो । 

कृषि उत्पादनका प्रत्येक आयाम माटोको उर्वरतासगँ सम्बन्धित रहेकाले माटोको महत्व बुझाउन सो कार्यक्रम गर्न लागिएको कृषि विभागका महननिर्देशक डा. रेवती रमण पौडेलले जानकारी गराउनुभयो । 


 

Give Us Feedback