
गोदावरी खोला सरसफाईको २०५ औ हप्ता सम्पन्न
नागरिकको अग्रसरतामा गोदावरी खोलाको २०५ औँ हप्ताको सफाइ अभियान सम्पन्न भएको छ । गोदावरी खोलामा रहेको ठोस, फोहोर प्लास्टिक तथा धातुजन्य फोहोरको व्यवस्थापज गरिएको छ । स्थानीय महिला तथा बालबालिकाको पहलमा संचालन भएको अभियानले साप्ताहिक रुपमा प्रत्येक शनिवार दिनको २ घण्टा सफाई अभियानलाई निरन्तरता दिदै आएको छ ।
सो अभियानले गोदावरी नगरपालिका तथा अन्य स्थानीय तहका नागरिकलाई सफाइ तथा सामाजिक अभियानको महत्व बुझाउन सकेको अभियन्ता बेबीराजभण्डारीले बताउनु भएको छ । उहाँका अनुसार यस क्षेत्रका विभिन्न सामाजिक संघ संस्था तथा जनप्रतिनिधिहरुको उपस्थितीले अभियानलाई थप सार्थकता तुल्याएको र सकरात्मक परिवर्तन गरेको बताउनुभयो ।